अमेरिकाको क्यालिफोर्नियामा गोली लागेर चारको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा गोली लागेर चारको मृत्यु

  • सोमवार, मंसिर २, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

एजेन्सी, २ मंसिर ।

अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् । स्थानीय समय अनुसार आइतबार बेलुका ६ बजेतिर घटना भएको जनाइएको छ । घटना भएको बेला घटनास्थलमा ३५ जना रहेका थिए । उनीहरु फुटबल हेर्नका लागि सो ठाउँमा भेला भएको फ्रेन्सो प्रहरी विभागका उपप्रमुख मिचेल रिडले जानकारी दिनुभयो ।

प्रारम्भिक विवरण अनुसार अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । ती व्यक्तिको अहिलेसम्म पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ