एजेन्सी, मंसिर २ ।
भारतको राजस्थान राज्यमा आज विहान भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् । ती मध्ये केहीको अवस्था गम्भीर रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । राजस्थान राज्यको राजधानी जयपुरदेखि २६६ किलोमिटर टाढा पर्ने बिकानेर जिल्लाको दुनगढ नजिकै यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाइसकिएको र दोषीलाई कारबाही हुने जनाएको छ । चालकको लापर्वाही, खराब अवस्थाको सडक र पुराना सवारी साधन लगायतका कारणले भारतमा धेरै सवारी दुर्घटना हुँदा वर्षेनी हजारौंको मृत्यु हुने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline