श्रीलंकाकाे नयाँ राष्ट्रपति गोतबाया राजपाक्षे हुने पक्का

श्रीलंकाकाे नयाँ राष्ट्रपति गोतबाया राजपाक्षे हुने पक्का

  • आइतवार, मंसिर १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी, १ मंसिर।  श्रीलंकाकाे नयाँ राष्ट्रपति गोतबाया राजपाक्षे हुने पक्का भएको छ । शनिबार भएको राष्ट्रपतिको चुनावमा उनले ५४ प्रतिशत बढी मत पाएका छन् । राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका हुन् ।

सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई दिएका छन् । गोतबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन्। राजापाक्षेको सरकारमा गोतबाया रक्षा सचिव थिए।

सात महिनाअघि भएको २५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी भएको छ।

यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका ७० वर्षीय उम्मेदवार राजापाक्षेलाई चुनेका हुन्। गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थिए।

उनले तमिल विद्रोही समूह लिट्टेलाई छिन्नभिन्न बनाएका थिए। राजापाक्षेले सोमबारसम्म सपथ लिने बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ