इरानमा आर्थिक संकटः पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा इरानमा प्रदर्शन, दुईको मृत्यु

इरानमा आर्थिक संकटः पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा इरानमा प्रदर्शन, दुईको मृत्यु

  • आइतवार, मंसिर १, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी, १ मंसिर । अमेरिकाले आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा रोक लगाएपछि इरानमा आर्थिक संकट चुलिएको छ । इरान सरकारले हरेक महिना ६० लिटरसम्म पेट्रोल खरिद गरेमा ५० प्रतिशत र सो भन्दा माथि जतिसुकै पेट्रोल खरिद गरेमा ३ सय प्रतिशत मूल्य बढाउने निर्णय गरेपछि जनता सडकमा उत्रिएका छन् ।

सरकारको यही निर्णय विरुद्ध भएको प्रदर्शनका क्रममा सवारी आवागमन ठप्प हुनुका साथै हवाई उडान समेत प्रभावित बनेको छ ।

इरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको घोषणासँगै भएको बिरोध प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको छ ।राजधानी तेहरानलगायत शिरजान शहरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले पेट्रोल डिपोमा आगजनी गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपकै क्रममा दुई प्रदर्शनकारीको मृत्यु भएको हो ।

यसैबीच इरानका राष्ट्रपति हसन रुहानीले देश आर्थिक संकटमा परेकाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्न सरकार बाध्य भएको एका छन् ।

विरोध प्रदर्शनले इरानमा आगामी फेब्रुअरीमा हुन लागेको संसदीय चुनाव समेत प्रभावित हुने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ