श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, धार्मिक तनाव न्यूनिकरण र अर्थतन्त्र सुधारका लागि निर्वाचन महत्वपूर्ण

श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, धार्मिक तनाव न्यूनिकरण र अर्थतन्त्र सुधारका लागि निर्वाचन महत्वपूर्ण

  • शनिबार, कार्तिक ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

एजेन्सी, ३० कार्तिक । दक्षिण एसियाली टापुमा रहेको श्रीलंकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । श्रीलंकामा जारी धार्मिक तनाव न्यूनिकरण र मन्दी रहेको अर्थतन्त्र सुधारका लागि यो निर्वाचन महत्वपूर्ण हुने अनुमान गरिएको छ ।

निर्वाचनका लागि पूर्व राष्ट्रपति महिन्द्रा राजपाक्षेका भाइ गोताबाया राजपाक्षे र सत्तारुढ संयुक्त राष्ट्रिय पार्टीका उम्मेद्वार साजिस प्रेमदास चुनावी मैदानमा मुख्य प्रतिष्पर्धीका रुपमा रहेको बीबीसीले जनाएको छ । करिब १६ मिलियन मतदता रहेको श्रीलंकाका २२ जिल्लामा निर्वाचन हुने छ ।

सन् २०१५ को निर्वाचनमा ८१ दशमलव पाँच प्रतिशत नागरिकले मतदान गरेको बताइएको छ । निवर्तमान राष्ट्रपति मैथीपाल सिरिसेनाको दल श्रीलंका फ्रिडम पार्टीले राजपाक्षेलाई समर्थन गरेको छ ।

गत वर्ष अक्टोबरमा सिरिसेनालाई हटाउन असफल प्रयास गरेका प्रधानमन्त्री रालि विक्रमा सिंघेले आफ्नै दलका उम्मेद्वार प्रेमदासलाई समर्थन गर्नुभएको समाचारमा जनाइएको छ ।

श्रीलंकामा तमिल विद्रोहीसँग २६ वर्षदेखि युद्ध जारी छ । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार उक्त युद्धका क्रममा ४० हजार भन्दा बढी तामिल र त्यत्तिकै संख्यामा अन्य नागरिक मारिएको उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ