इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

  • मङ्लबार, कार्तिक २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

गाजा सिटी, २६ कात्तिक , इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ ।

घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको बताए पनि उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्र्दै भनेको छ, “इजरायली सेना र इजरायलको शिन बेट आन्तरिक सुरक्षा बलले चलाएको संयुक्त कारबाही अन्तर्गत प्यालेष्टिनी कमाण्डर अल–अता बस्दै आएको भवनमा आक्रमण गरिएको र उनीसहित उनकी श्रीमतीको घटनास्थलमा नै मृत्यु भएको छ ।”

स्थानीयबासीले अताको घरमा ठूलो आवाजसहित बिस्फोट भएको बताएका छन् ।

यसैबीच अताले नेतृत्व गरेको इस्लामिक समूहले पनि घटनामा आफ्ना कमाण्डरको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले कमाण्डर अताको घरलाई उच्च सुरक्षा घेरामा राखिएको जनाएको छ ।
इजरायलले हालै आफ्नो भूमिमा भएका रकेट आक्रमणमा अताको सम्लग्नता रहेको र आगामी दिनमा पनि आक्रमणको तयारी गरिरहेको बताएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ