मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने

मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने

  • मङ्लबार, कार्तिक २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

मेक्सिको सिटी, २६ कात्तिक : मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ ।

विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “मेक्सिकोको विदेश मन्त्रालयले बोलिभियाली नेतालाई शरणार्थीका रूपमा स्वीकार गर्न तयार छ । आवश्यकतामा मानवीयता र इमान्दारिता प्रदर्शन गर्दै बोलिभियाली नेतालाई शरण दिने निर्णय सोमबार सरकारले गरेको हो ।”

मोरालेसलाई शरण दिने कुरा बोलिभियाली विदेश मन्त्रालय, अमेरिकी राज्यहरूका साथै मेक्सिकोको सिनेट र संयुक्त राष्ट्रसंघलाई औपचारिक जानकारी गराइने विदेशमन्त्री एब्राडले बताउनुभयो ।

मोरालेसको सन् २०२० को जनवरीमा कार्यकाल सकिने भएपनि बोलिभियाली सेनाले राजिनामा दिन लगाएपछि उहाँले राजिनामा दिनुभएको मेक्सिकोले जनाएको छ । यसलाई मेक्सिकोले ‘कु’ ९सैनिक विद्रोह० को सज्ञा दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ