चीनमा हुने अफगान शान्ति वार्ताका लागि सहभागीको सूची तयार

चीनमा हुने अफगान शान्ति वार्ताका लागि सहभागीको सूची तयार

  • बिहिबार, कार्तिक २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काबुल, २१ कात्तिक ।
चीनमा हुने अफगान शान्ति प्रक्रियाका लागि अफगानिस्तानको सरकारको तर्फबाट सहभागी हुने प्रतिनिधिहरूको अन्तिम सूची बिहीबार टुङ्गो लगाएको छ ।

विद्रोही तालिवान समूहको तर्फबाट उक्त समूहका वरिष्ठ नेता मुल्लाह अब्दुल घानीले सहभागिता जनाउने घोषणा भैसकेको छ । यद्यपि वार्ताको मिति भने अझै तय गरिएको छैन ।

राष्ट्रपतिका प्रवक्ता सेदिक सिद्दकीले भन्नुभयो, “गत सोमबार राष्ट्रपति असरफ घानी र चिनियाँ विदेश मन्त्री वाङ यीबीच टेलिफोनमा भएको कुराकानीमा तालिवान समूहसँग अफगानिस्तानको शान्तिवार्ताका लागि बेइजिङमा विद्रोही समूहसँग वार्ता गर्न सहमति जनाउनुभएको थियो ।”

“यो बेइजिङ बैठकले तालिवान र अफगानी सरकारबीच वार्ताको बाटो तय गर्नेछ,” राष्ट्रपतिका प्रवक्ता सिद्दिकीलाई उद्धृत गर्दै तोलो न्यूजले लेखेको छ ।

वार्ताको मिति चीनले घोषणा गर्नेछ । अफगान सरकारले छिट्टै सरकारको तर्फबाट वार्तामा सहभागी हुने टोलीको नाम चीन सरकारसमक्ष उपलब्ध गराउनेछ ।

चीनको मध्यस्थतामा अफगानिस्तानको शान्तिका लागि यस पहिले अक्टोबर २९ र ३० का लागि वार्ता गर्नेगरी तयारी भएकोमा काबुलको अनुरोधमा यसलाई सारिएको थियो । यद्यपि मिति सार्नुपर्ने कारण भने काबुलले जनाएको थिएन ।

अमेरिका र तालिवान समूहबीच नौ चरणमा भएका वार्ता गत सेप्टेम्बर २ मा कतारको राजधानी दोहामा सम्पन्न भएको थियो । जसमा अमेरिका र अफगानी तालिवान समूहबीच शान्तिका लागि सैद्धान्तिक सहमति भएको जनाइएको थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीटमार्फत् अफगानी राष्ट्रपतिसहित तालिवान समूहका नेताहरूसँग वासिङ्टनको उत्तरपूर्वमा रहेको क्याम्प ड्याभिड गर्ने भनेको वार्ता स्थगित भएको जानकारी गराएपछि अफगानी विद्रोहीसँगको वार्ता रोकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ