रेष्टुराँमा काम गर्ने कर्मचारीसँग ‘डेटिङ’ जाँदा म्याक्डोनल्ड्सका प्रमुख कार्यकारीले गुमाए पद

 रेष्टुराँमा काम गर्ने कर्मचारीसँग ‘डेटिङ’ जाँदा म्याक्डोनल्ड्सका प्रमुख कार्यकारीले गुमाए पद

  • सोमवार, कार्तिक १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, कात्तिक १८ । अमेरिकी प्रसिद्ध रेष्टुराँ म्याक्डोनल्ड्सले आफ्ना प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुकलाई जागिरबाट निष्काशन गरेको छ । आफ्नै कार्यालयका एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको पाइएपछि उनलाई निष्काशन गरिएको हो ।

‘कम्पनीको नीति उल्लंघन गरेको’ र ‘कमजोर निर्णय क्षमता देखाएका’ भन्दै इस्टरब्रुकलाई हटाइएको म्याकडोनल्ड्सले जनाएको छ । यद्यपि, दुई जनाबीचको सम्बन्ध सहमतिमै आधारित भएको पनि उसले प्रष्ट्याएको छ ।

इस्टरब्रुकले पनि महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको कर्मचारीहरूलाई पठाएको पत्रमा उल्लेख गरेका छन् । कम्पनीको मूल्यलाई ध्यान दिँदै जागिर छोड्न बोर्डसँग सहमति गरेको पनि उनले बताएका छन् ।

कम्पनीको नीतिले व्यवस्थापकहरूलाई आफूसँग तल्लो तहका कर्मचारीसँगको प्रेम सम्बन्धलाई रोकेको छ । ५२ वर्षीय ब्रिटिश नागरिक इस्टरब्रुकले श्रीमतीसँग भने सम्बन्धविच्छेद गरिसकेका छन् । यसअघि पहिलो पटक सन् १९९३ मा उनले लन्डनमा म्याक्डोनल्ड्सको व्यवस्थापकका रूपमा काम थालेका थिए ।

सन् २०१५ मा उनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी पदमा नियुक्त भएका उनलाई म्याक्डोनल्ड्सका मेन्यू तथा रेस्टुराँमार्फत् अझ राम्रा कुरा पस्केर कम्पनीलाई अगाडि बढाएको श्रेय जाने गरेको छ । उनकै कार्यकालमा कम्पनीको शेयर मूल्य पनि दुई गुणाभन्दा बढीले बढेको थियो ।

म्याक्डोनल्ड्सका अध्यक्ष र बोर्ड सदस्य पदबाट पनि उनले राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पदबाट हटाइएपछि उनलाई दिइने रकमबारे भने जानकारी गराइएको छैन ।

इस्टरब्रेुकको स्थान अब कम्पनीकै क्रिश केम्पजिन्स्की पाउने पनि जनाइएको छ । समाचार एजेन्सीहरु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी