बग्दादी मारिएको पुष्टि गर्दै आइएसले चुन्याे नयाँ नेता, अल हाशेमीले पाए जिम्मेवारी

बग्दादी मारिएको पुष्टि गर्दै आइएसले चुन्याे नयाँ नेता, अल हाशेमीले पाए जिम्मेवारी

  • शुक्रबार, कार्तिक १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी, कात्तिक १५ । अन्ततः जिहादी समूह इस्लामिक स्टेट (आइएस)ले आफ्ना नेता अबु बकर अल-बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । बग्दादीको मृत्यु भएकाे पुष्टि गर्दै आइएसले अबु इब्राहिम अल–हाशेमी अल कुराशीलाई नयाँ नेता पनि चयन गरेको जनाएको छ ।

सिरियामा अमेरिकी सेनाको विशेष फौजले कारबाही गरेपछि गएको शनिबार अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफ्नै ज्यान लिएका थिए । त्यसको लगत्तै गरिएको अर्को एक छुट्टै कारबाहीमा उक्त समूहका प्रवक्ता अबु अल-हसन अल-मुजाहिर पनि मारिएका आइएसले बिहीबार पुष्टि गरेको छ । अल मुजाहिरलाई बग्दादीको उत्तराधिकारीकारुपमा हेरिएको थियो । उनको पनि मृत्यु भएपछि चरमपन्थी समूहले अल हाशेमीलाई नयाँ नेता चयन गरेको हो ।

आइएसले नयाँ नेता हाशेमीलाई ‘क्यालिफ’ अर्थात् स्वघोषित ईश्वरबाट शासित व्यवस्थाको नयाँ शासक घोषणा गरेको हो । आइएसले आफ्ना नयाँ नेता हाशेमीकाबारेमा धेरै जानकारी दिएको छैन । उनको कुनै तस्वीर पनि सार्वजनिक गरेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ