एजेन्सी, १४ कार्तिक ।
पाकिस्तानमा गुडिरहेको रहेको रेलमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छ । तेजगाम एक्सप्रेसमा आगो लागेको बीबीसीले जनाएको छ ।
मृतकहरु मध्ये अधिकाशंसको पहिचान हुन नसकेको जनाईएको छ ।
कराचीबाट रावलपिडि जादै गरेको तेजगाम एक्सप्रेसको तीन वटा डब्बामा आगो लागेको थियो ।
घटनामा अन्य ४० जना घाईते भएका छन् ।
रेल मन्त्री शेख राशिद अहमदका अनुसार रेलमा यात्रा गरिरहेको एक समूहले बोकेको खाना, नास्ता र सिलिण्डर लगायतका सामान बोकेको र सो विस्फोट भएका कारण आगो लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline