एजेन्सी कार्तिक १३ । अमेरीकाको एशिया प्यासीफिक फ्लाईट कमाण्डर एडमिरल जोन एक्युलिनोले दक्षिणी चीनीया सागरमा चीनले बनाएको द्धीपलाई हटाउने कसैसगँ क्षमता नभएको भन्दै चीनको आक्रामकता चिन्ताको बिषय भएको बताएका छन् ।
उनले भारत भ्रमणमा रहेका चीनको आक्रामकता र सैन्य उपस्थिति बढ्दै जादाँ थुप्रै देशमा रणनीतिक असर पर्ने भन्दै चिन्ता जनाएका छन् ।
चीनले विवादीत सागरमा सैन्य आधार शिविर बनाईरहेको भन्दै यसले अरु धेरै देशलाई असर पर्न सक्ने भन्दै जोनले अमेरीकाले पनि सो क्षेत्रमा आफ्नो उपस्थिति बढाउन सक्ने बताए ।
उनले भारतसगँ सैन्य रणनीतिक साझेदारी अझ बलियो बनाउनु पर्ने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline