अग्रिम चुनावको प्रस्ताव पारित गराउन बेलायती प्रधानमन्त्री असफल

अग्रिम चुनावको प्रस्ताव पारित गराउन बेलायती प्रधानमन्त्री असफल

  • मङ्लबार, कार्तिक १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

समयअगावै आमनिर्वाचन गराउने प्रस्ताव पारित गराउन बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन असफल हुनुभएको छ ।

बेलायतको तल्लो सदन हाउस अफ कमन्सले अग्रिम निर्वाचन सम्वन्धी प्रधानमन्त्री बोरिसको प्रस्ताव मङ्गलबार अस्वीकृत गरेको हो ।

प्रधानमन्त्री जोनसोनले डिसेम्बर १२ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गर्नुभएको थियो । संसद्मा भएको मतदानमा प्रधानमन्त्रीको प्रस्तावको पक्षमा २९९ मत मात्र परेको थियो ।

प्रधानमन्त्रीको प्रस्ताव पारित हुनका लागि कुल ४३४ मत आवश्यक पर्नेमा २९९ मत मात्र परेकोले उहाँको प्रस्तावको विपक्षमा भने ७० मत खसेको थियो ।

मतदानअघि संसद्मा बोल्दै प्रमुख प्रतिपक्षी नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री जोनसोनलाई विश्वास गर्न नसकिने बताउनुभएको थियो ।

प्रधानमन्त्री जोनसोनले यसअघि युरोपेली सङ्घका नेताले बेलायत ईयूबाट बाहिरिने ब्रेक्जिटको समयसीमालाई आगामी जनवरी ३१ तारिखसम्मका लागि लम्बाउन सैद्धान्तिक सहमति दिएको सार्वजनिक भएको थियो ।

नयाँ ब्रेक्जिट प्रस्तावमा बेलायतको संसद्मा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री जोनसोनले समयसीमा लम्बाउन ईयूलाई अनुरोध गर्न बाध्य हुनुभएको थियो ।

प्रधानमन्त्री जोनसनले कुनै सम्झौता भएनभए पनि ३१ अक्टोबरको समयसीमाभित्रै ईयूबाट बेलायत बाहिरिसक्ने दावी गर्दै आउनुभएको थियो ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ