तीन महिनाका लागि ब्रेक्जिट समय थप्न इयू सदस्य राष्ट्रहरू सहमत

तीन महिनाका लागि ब्रेक्जिट समय थप्न इयू सदस्य राष्ट्रहरू सहमत

  • सोमवार, कार्तिक ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

ब्रसेल्स, ११ कात्तिक , यूरोपेली संघ ९इयू० का २७ सदस्य राष्टहरूले बेलायतको इयूबाट हुने बहिर्गमन ९ब्रेक्जिट० को मिति तीन महिना थप गर्न सहमत भएका यूरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बताउनुभएको छ ।

इयूले बेलायतको अनुरोधमा आगामी बर्षको जनवरी ३१ मा ब्रेक्जिटका लागि मिति तय गरेको सोमबार टस्कले बताउनुभयो ।

इयूबाट बेलायतको बहिर्गमनका लागि जनवरी ३१ सम्मका लागि मिति तय गरेको छ तर यदि बेलायती संसदले ब्रसेल्ससँग प्रधानमन्त्री बोरिस जोनसनले गरेको सम्झौतालाई अनुमोदन गरेमा तोकिएको समय अघि नै पनि बहिर्गमनका लागि सहमत जनाउने छन् ।

“इयूका २७ ले बेलायतको अनुरोधमा सन् २०२० को जनवरी ३१ सम्मका लागि ब्रेक्जिटको समय थप गर्न सहमत भएका छन्,” टस्कले भन्नुभयो ।

उहाँले थप्नुभयो, “सम्बन्धित मुलुकका राजदूतहरूको ब्रसेल्समा हुने भेटपछि सम्भवतः यो निर्णयलाई लिखित प्रक्रियामार्फत् औपचारिकता दिइने छ ।”

एएफपीले इयूसम्वद्ध स्रोतबाट प्राप्त गरेको सहमति पत्र अनुसार बेलायती प्रधानमन्त्री जोनसनले त्यहाँको संसदलाई मैत्रीपूर्ण बहिर्गमनका लागि आगामी बर्षअघि नलाग्दै अर्थात् नोभेम्बर ३० वा डिसेम्बर ३१ मा गनए विश्वास दिलाउनुहुनेछ ।

बहिर्गमनका लागि यस पहिले तय भएको अन्तिम मिति अक्टोबर ३१ आउनुभन्दा करिब ९० घण्टा पहिले ब्रेक्जिटको मिति थप भएको सूचना बाहिरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ