बगदादीले आफैले आफैलाई बमले उडाएको खुलासा

बगदादीले आफैले आफैलाई बमले उडाएको खुलासा

  • आइतवार, कार्तिक १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

एजेन्सी कार्तिक १० । आईएसआईका कमाण्डर अबु बकर अल बगदादीले अमेरीकी सेनाको घेराबन्दी र हेलिकप्टरबाट आक्रमणपछि आफैले लगाएको कपडामा तयार पारिएको बम विष्फोट गराएर उडाएको खुलासा भएको छ ।
सिरीयाको ईदिविल प्रान्तको बरिशा गाँउको पश्चिमी भागको एउटा घरमा लुकेर बसेका उनलाई जीवितै समात्ने संभावना देखिए पछि उनले आफैलाई बमले उडाँउदा उनकी श्रीमति र अन्य केही मानिस र बच्चा बच्चीहरुको पनि ज्यान गएको युद्धका अण्डन आधारीत पर्यवेक्षकहरुले उल्लेख गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यस पछि अमेरीकी सेनाले बगदादीको शबलाई निन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि उनी बगदादी नै हुन् भन्ने निश्चित गर्नका लागि डिएनए परिक्षण गरिने बताईएको छ । ईराकी गुप्तचर स्रोतहरुले दिएको सूचनाका आधारमा अमेरीकी कार्बाही भएको केही अरबी सञ्चार माध्यमहरुले जनाएका छन् । यस बिषयमा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज घोषणा गर्ने बताईएको छ ।
२०१५ मार्च १८ मा अमेरीकी हवाई आक्रमणमा उनी घाईते भएको जनाईएको थियो । २०१४ जुनदेखि उनले सिरीया र ईराकमा ईस्लामिक राज्य बनाउने भन्दै युद्ध थालेका थिए ।
सन् २०१६ मा अमेरीकाले बगदादीलाई जिउदै समात्ने या मारेर बुझाउनेलाई २५ लाख डलर दिने घोषणा समेत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ