अष्ट्रेलियाको उलुरु चट्टानको आरोहणमा प्रतिबन्ध

अष्ट्रेलियाको उलुरु चट्टानको आरोहणमा प्रतिबन्ध

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं । मध्य अष्ट्रेलियाको उत्तरी भूभागमा अवस्थित ठुलो बलौटे चट्टान उलुरुको आरोहणमा प्रतिबन्ध लगाइने भएको छ ।

युनेस्कोको विश्व सम्पदा क्षेत्रको सूचीमा परको यो विशाल चट्टान काटा टिजुटा नेसनल पार्कमा अवस्थित छ । यसलाई स्थानीय आदिवासी समुदायले धार्मिक स्थलको रुपमा लिने गरेका छन् ।

कस्टोडियन, आनागुवा आदिवासी समुदायले धेरै समय अघिदेखि यसको आरोहणमा प्रतिवबन्ध लगाउनु पर्ने आवाज उठाउँदै आएका थिए ।

प्रतिबन्ध लगाइने खबर सार्वजनिक भएसँगै हजारौं पर्यटक उलुरु चट्टान आरोहणका लागि पुगेका छन् ।

आरोहणको आज अन्तिम दिन भएकाले त्यहाँ हजारौं पर्यटकको घुइँचो लागेको छ ।

उलुरु चट्टान चढ्ने अन्तिम व्यक्ति हुन पाइएको भन्दै पर्यटकहरु पनि निकै उत्साहित देखिन्छन् ।

पार्कको राष्ट्रिय वोर्डले धार्मिक र वातावरणीय कारण देखाउँदै सन् २०१७ मा आरोहण बन्द गर्ने निर्णय गरेको थियो ।

दुर्घटना र तापक्रमजन्य कारणले सन् १९५० यता उलुरु चट्टान आरोहणका क्रममा दर्जनौ व्यक्तिहरुको ज्यान गइसकेको छ ।

यो चट्टान ३ सय ४८ मिटर अग्यो छ भने यहाँ गर्मीयाममा ४७ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ