कास्मीर मुद्धामा भारत अप्ठ्यारोमा पर्दै, अमेरीकी काग्रेसमा पनि आलोचना

कास्मीर मुद्धामा भारत अप्ठ्यारोमा पर्दै, अमेरीकी काग्रेसमा पनि आलोचना

  • शुक्रबार, कार्तिक ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी कार्तिक ८ । अगष्ट ५ मा कास्मीरको बिशेष स्वायत्तता खोसेर संकटकाल लगाएको भारतीय कदमको बारेमा अन्तराष्ट्रियकरण हुदै गएको छ ।
अमेरीकाको काग्रेस एक एक समितिमा लामो सुनुवाईको क्रममा नेताहरुले भारतीय कदम र व्यवहारको आलोचना गरेका छन् । सरकारी अधिकारीका अलावा स्थानीय कास्मीरका स्थानीय साक्षीहरुको समेत कुरा सुनिएको थियो ।
दक्षिण एशिया मामलाकी सहायक विदेशमन्त्री एरीस वेल्सले कास्मीर मुद्धामा आफ्नो चिन्ता सहित अमेरीकाले भारतलाई जानकारी गराएको बताईन् ।
जम्मु कास्मीरका तीन पुर्व मुख्य मन्त्री सहित सयौ नागरिकलाई हिरासतमा राखिएको, सञ्चार सेवा बन्द गरिएको जस्ता विषयमा चिन्ता जनाउदै विधान सभाको निर्वाचन अविलम्व गर्न सुझाव दिईएको उनले बताईन् ।
यस अघि राष्ट्रसंघीय महासभामा पाकिस्तानले आवाज उठाएको थियो भने चीन, मलेशिया लगायतका देशले भारतको कदमको विरोध गर्दै आएका छन् । त्यस्तै टर्कीले पनि पाकिस्तानलाई समर्थन दिएको छ भने मलेशियाले कडा रुपमा भारत विरुद्ध अभिव्यक्ति दिएको छ ।
मलेशियाका प्रधानमन्त्री महाथीरले महासभामा भारतले बल प्रयोग गरेर कास्मीरलाई नियन्त्रणमा लिएको बताएका थिए भने उनले पुनः पत्रकार सम्मेलन गरी सोही धारणा दोहोर्याएका छन् ।
मंगलबार पत्रकारहरुसगँ कुरा गर्दै कास्मीर मुद्धामा आफूहरुले मनदेखि बोलेको र पछि नहट्ने चेतावनी पनि उनले दिए ।
उनले भारतले पाम तेल आयात अनौपचारीक रुपमा रोकेको सुनेको भन्दै यसको असरबारे अध्ययन गर्ने बताए ।
कास्मीर आन्तरीक मामिला भन्दै भारतीय सरकारले चौतर्फी कुटनीतिक पहल गरे पनि अन्तराष्ट्रिय क्षेत्रबाट आलोचना शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ