थाईल्याण्डका राजाले सहयोगी महिलाको पदवी खासे

थाईल्याण्डका राजाले सहयोगी महिलाको पदवी खासे

  • बिहिबार, कार्तिक ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी कार्तिक ७ । थाईल्याण्डका राजाले गत जुलाईमा मात्र सहोगीका रुपमा रहेकी सिनीनात वोगबजीरापाकडीलाई प्रदान गरिएको मानपदवी खोसेका छन् ।
शाही बक्तव्यमा सहयोगीको पदवी दिए पनि आफैलाई शाही महारानी जस्तो बनाउन खोजेकाले सम्मान खोसिएको जनाईएको छ ।
नयाँ राजा महा वाजिरालोगंकोनले २०१६ मा आफ्ना बुवाको निधन भए पछि राजा वनेदेखि नै आफू विरुद्ध आलोचना गर्न प्रतिवन्ध लगाएका छन् ।

राजाले सुथिदासँग विवाह गरेको घोषणा गरेर उनलाई महारानीको उपाधि दिएको केही समयपछि सिनीनातलाई आफ्नी उपपत्नीमा बढुवा गरेका थिए। महारानी सुथिदा उनकी चौथी पत्नी हुन्। यसअघि उनले आफ्ना तीन विवाहिता पत्नीलाई छोडिसकेका थिए।

तर सिनीनातले महारानीसरहको स्थान खोजेको र उनको व्यवहार अपमानजनक भएको आरोपमा उनका सबै राजकीय उपाधि खोसिएको छ। सन् २०१६ मा आफ्ना पिताको देहान्त भएपछि वाचिरालङ्कनले थाईल्यान्डको राजगद्दी आरोहण गरेका थिए।

थाई शाही कानुनले राजतन्त्रको आलोचना गर्न प्रतिबन्ध लगाएको छ। कसैले त्यसो गरेमा धेरै वर्ष जेल सजाय हुन सक्छ। शाही परिवारले उनलाई सहयोगी बनाएको तर राजाको पत्नी होईन भन्दै अधिकार खोसेको जनाएको छ ।
३४ वर्षे ती महिला राजाको बडीगार्ड, प्यारासुट सैनिक, पायलट एवं सेनाकी मेजर हुन् । उनलाई जुलाईमा उनलाई रोयल नोबल कन्सोर्ट बनाएर राजाले एक प्रकारको पत्नी जस्तो सम्बन्ध बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ