लण्डन नजिकै ट्रकभित्र ३९ मृत फेला

लण्डन नजिकै ट्रकभित्र ३९ मृत फेला

  • बुधबार, कार्तिक ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

लण्डन, ६ कात्तिक । बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ ।
प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख गरिएको छ । ऐक्स प्रहरीका अनुसार लण्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो । मृतकहरूमा ३८ जना बयस्क र एक किशोर रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ ।
घटनामा सम्लग्नता रहेको आरोपमा २५ बर्षीय उत्तरी आयरल्याण्डका यूवकलाई प्रहरीले पक्राउ गरेको छ । एसेक्स प्रहरीका प्रहरी प्रमुख सुपरिक्षक एन्ड्रु मारिनरले एक विज्ञप्ति जारी गरी घटनाबारे भन्नुभएको छ, “यो निकै दुःखद् घटना हो जसमा एकै स्थलमा ३९ व्यक्तिको मृत शरीर उद्धार गरिएको छ ।” “घटनाबारे वास्तविकता खोज्न अनुसन्धान सुरू भइसकेको छ ।”
प्रहरीका अनुसार घटनाबारे स्थानीय एम्बुलेन्सले आफूहरूलाई बिहान १ः४० जानकारी गराएको र प्रहरी तत्काल उक्त स्थानमा पुगेको थियो । मारिनरले भने, “हामीले मृतकको परिचय खुल्नेगरी अनुसन्धान प्रक्रियालाई अघि बढाएका छौ । तर यो केही लामो हुनसक्नेछ ।” प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गाडी बुल्गेरियाबाट आएको विश्वास गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ