उत्तरी सिरियामा शान्तिका लागि रूस र टर्कीबीच सहमति

उत्तरी सिरियामा शान्तिका लागि रूस र टर्कीबीच सहमति

  • बुधबार, कार्तिक ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

सोकी, रूस, ६ कात्तिक  । रूस र टर्कीले सिरियामा पछिल्ला केही हप्ता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग सोकीमा भएको छलफलपछि उक्त सहमति भएको हो । सिरियाली कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट टाढा राख्नेगरी टर्की र रुसले नयाँ सहमति गरेका हुन् । सहमतिलाई दुबै मुलुकले ‘ऐतिहासिक’ भनेका छन् ।

क्रेमलिनले आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै भनेको छ, “सहमति बुधबार (अक्टोबर २३) दिउसो १२ बजेदेखि नै सहमति कार्यान्वयनमा आउनेछ ।”

“सहमतिअनुसार मस्को र अङ्काराले रूसी तथा सिरियाली सैन्य बललाई टर्कीले कुर्दहरूलाई निशाना गराई हालै गरिएका आक्रमणस्थल क्षेत्रमा तैनाद गर्नेछन् भने टर्कीले सिरियाली कुर्दलक्षित कारबाहीलाई रोक्नेछ । यस्तै सिरियाली कुर्दहरूलाई सिरिया–टर्कीको सिमाना क्षेत्रबाट ३० किलोमिटर टाढा राखिने छ । उनीहरूलाई यसका लागि १५० घण्टा समय दिइनेछ ।”

टर्कीले कुर्द लडाकुहरूलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो । रुसले सिरियाका राष्ट्रपति बशर अल–असदलाई सहयोग पु¥याउँदै आएको छ । उसले सिरियामा भएको विदेशी हस्तक्षेपप्रति चासो प्रकट गरेको थियो ।

झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यो सहमति भएको हो । विश्लेषकहरूले यसबाट उक्त क्षेत्रमा टर्की र रुसको प्रभावलाई बलियो बनाउने आँकलन गरेका छन् ।

उक्त सहमति भएको घोषणा भएको केही समयपछि टर्कीले सिरियामा पुनः कारबाही गर्नु नपर्ने बताएको छ । यसअघि टर्कीले कुर्द फौजलाई बाहिर जान दिन भन्दै केही दिनका लागि युद्धविराम गरेको थियो ।

टर्कीले सिरियाका दुई सहरबीच १२० किलोमिटर लामो भाग आफ्नो नियन्त्रणमा लिएको छ । त्यसलाई ‘सुरक्षित क्षेत्र’ बनाएर हाल टर्कीमा रहेका झन्डै २० लाख शरणार्थीलाई बसाउने उसको योजना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ