एजेन्सी, ३ कार्तिक । टर्कीले उत्तरी सिरियाबाट कुर्द लडाकुहरुलाई योजनावद्ध रुपमा सुरक्षित स्थानमा सर्न आग्रह गरेकाे छ । टर्कीका राष्ट्रपति रेसेप तैय्य एर्दोआनले कुर्द लडाकू पछि नहटे पुनः आक्रमण थाल्ने चेतावनी दिएका हुन् ।
टर्कीले सुरक्षित स्थानको रुपमा प्रस्ताव गरेको सिरियाको उत्तरी सिमाक्षेत्रबाट कुर्द लडाकू नहटे झन् ठूलो नरसंहार हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टर्कीले उक्त क्षेत्रबाट कुर्द लडाकूहरुलाई पछि हट्न पाँच दिनका लागि युद्धविरामको घोषणा गरेको थियो । तर हिजो दुवै पक्षले एकअर्कालाई युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् ।
राष्ट्रपति एर्दोआनोले मंगलबारभित्र कुर्द लडाकू पछि नहटे फेरि आक्रमण सुरु गर्ने चेतावनी दिएको स्थानीय टेलिभिजनहरुलाई उध्रित गर्दै समाचारमा जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline