बेलायत युरोपबाट छुटिने समय अझै लम्विने

बेलायत युरोपबाट छुटिने समय अझै लम्विने

  • शनिबार, कार्तिक २, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

कार्तिक २ लण्डन । युरोपेली संघबाट बेलायतको बर्हिगमनको  निर्धारित समयसीमा बढाइने भएको छ । संसदमा शनिबार भएको मतदानमा ३२२ सांसदले समयसीमा बढाउने पक्षमा मतदान गरेका हुन् ।
३०६ सांसदले विपक्षमा मत दिए । यसअघि बेलायत यहि अक्टुबर ३१ भित्र युरोपेली संघबाट बाहिरिने समयसीमा तोकिएको थियो ।
सांसदहरुको मतदानपछि प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली संघलाई समयसीमा बढाउन आग्रह गर्दै पत्र लेख्नुपर्ने भएको छ । यद्यपि, उनले आफू ब्रेक्जिट समयसीमा थप्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका छन् । ‘म ब्रेक्जिटको निर्धारित मिति सार्ने पक्षमा छैन र कानुनले त्यसो गर्न मलाई बाध्य पार्दैन्,’ उनले भनेका छन् । युरोपेली संघ उनले म्याद थप गर्ने पक्षमा नरहेको उनको दाबी छ ।
प्रधानमन्त्री जोन्सनले यसअघि बेलायती संसदको तल्लो सभा ‘हाउस अफ कमन्स’ मा सांसदहरूलाई आफनो प्रस्तावको पक्षमा ल्याउने प्रयास गरेका थिए । बेलायत र यूरोपेली संघ (इयू) बीच गत बिहीबार ब्रेक्जिटबारे नयाँ सहमति भएको थियो ।
युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यान्करले दुई पक्षबीच बिहीबारको सम्झौतालाई ‘निष्पक्ष र सन्तुलित’ भएको प्रतिक्रिया दिएका छन् । उनले र जोन्सन दुवै आफ्ना सांसदलाई सम्झौताप्रति समर्थन जनाउन आग्रह समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ