एजेन्सी, २ कार्तिक । मुलुकमा देखिएको संकट समाधानका लागि लेबनानका प्रधानमन्त्री साद हरिरीले गठबन्धन साझेदारहरुलाई ७२ घण्टाको म्याद दिएका छन् ।
सरकारले हालै घोषणा गरेको नयाँ कर नीतिको विरोधमा प्रदर्शनहरु बढ्दै गएपछि प्रधानमन्त्री हरिरीले राष्ट्रिय एकताका लागि सरकार गम्भीर रहेको बताए ।
सत्ता सम्हालेको एक वर्ष नपुग्दै हरिरी सरकारमाथि संकट आएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै लेबनानको आर्थिक विकासका लागि आफू प्रयासरत रहेको बताए ।
देशको आर्थिक समस्या समाधानका लागि सबैले मिलेरअघि बढ्ने बेला आएको उनले सम्बोधनका क्रममा उल्लेख गरेको अलजजिरा टेलिभिजनले जनाएको छ ।
बढ्दो खर्चका बीच नयाँ कर लगाउने सरकारी नियर्णयको बिरोधमा भएका प्रदर्शनहरु थप हिंसात्मक बन्दै गएपछि लेबनान सरकारलाई संकट आइलागेको समाचारमा जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline