कार्तिक १,काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले कुमार पन्तको नेतृत्वमा नयाँ पदाधिकारीको चयन गरेको हो । उनले प्रतिद्वन्द्वी कुल आचार्यलाई हराउँदै विजयी भएका हुन् ।
कुमार पन्तसहित महासचिवमा डा. हेमराज शर्मा विजयी भएका छन। उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ, र मन केसी, विजयी भएका छन।
सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन । त्यसैगरी कोशाध्यक्षमा महेश श्रेष्ठ र सहकोशाध्यक्षमा लोकराज दाहाल विजयी भएका छन।
हिजो सम्पन्न निर्वाचन विश्व सम्मेलनको क्रममा हिजो भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत अर्थात २३ सय ४४ मतदान भएको थियोे।
४१ पदाधिकारीको लागि मतदान भएको थियो। ४१ पदाधिकारीका लागि ७५ जना चुनावी मैदानमा उत्रिएका थिए।
बुधबार राति इलेक्ट्रोनिक भोटिङ हुने भने पनि मेसिन बिग्रिएको भन्दै शुक्रबार १० बजेदेखि मतदान सुरु गरिएको थियो।