लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त

लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त

  • मङ्लबार, कार्तिक १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 38
    SHARES

काठमाडौँ, १७ कात्तिक : सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले इन्जिनियर पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएको छ ।

पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनियर हुनुहुन्छ । उहाँले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनका क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

पाण्डेले काठमाडौँ महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गर्नुभएको थियो । महानगरपालिकामा रहँदा उहाँले भवन निर्माणको संरचनागत सुरक्षा, अग्ला भवनहरूको प्राविधिक मूल्याङ्कन, भवन नक्साको समीक्षा तथा नेपाल राष्ट्रिय भवन संहिताअनुसार मापदण्ड पालना गराउन काम गर्नुभएको थियो ।

त्यसअघि उहाँले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनियरका रूपमा काम गर्नुभएको थियो । त्यहाँ रहँदा उहाँ भवन निर्माणसम्बन्धी प्राविधिक मापदण्डको परीक्षण, इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टमको सुधार तथा स्थानीय तहका प्राविधिक कर्मचारी र परामर्शदातालाई तालिम प्रदान गर्ने काममा संलग्न हुनुहुन्थ्यो ।

त्यस्तै, उहाँले सन् २०१७ देखि २०१९ सम्म बुटवल उपमहानगरपालिकामा पनि संरचनागत इन्जिनियरका रूपमा काम गर्नुभएको थियो । उक्त अवधिमा भवनको संरचनागत डिजाइन परीक्षण, सार्वजनिक पूर्वाधारको प्राविधिक निरीक्षण तथा भवन निर्माणसम्बन्धी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा योगदान दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ