ठिमीमा मध्यरात टिपरले माेटरसाइकललाई घिसार्याे, यसरी बचे चालक (तस्बिरहरू)

ठिमीमा मध्यरात टिपरले माेटरसाइकललाई घिसार्याे, यसरी बचे चालक (तस्बिरहरू)

  • आइतवार, अशोज १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

असाेज, १८ भक्तपुर । भक्तपुरकाे ठिमीनजिकै एसएस चाेकमा टिपरले माेटरसाइकललाई घिसारेकाे छ । बाग्मती प्रदेशमा दर्ता रहेकाे ४९६८ नम्बरकाे टिपर चाेकमा माेडेर राधेराधेतर्फ जाने क्रममा एकै दिशाबाट काठमाडाैंतर्फ जान टिपरलाई दायाँ पारेर सडक क्रस गरेका बा.प्र. ०२-०१८-१६१८ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिँदा ढलेकाे र पछाडिकाे चक्काले तानेकाे माेटरसाइकल चालकले बताएका छन् ।

तर आफूभन्दा पछाडिबाट आएर थाहै नदिई गलत तरिकाले छिरेकाले माेटरसाइकलमा सामान्य ठक्कर लागेकाे र मान्छेलाई केही नभएकाे टिपर चालकले बताए । वाइक ढलेपछि केही मिटरसम्म घिसारेकाे र चालक भने हत्तपत्त उठेर ज्यान बचाएकाे वाइक चालकाे भनाई छ ।

दुर्घटनाआज राति करिब पाैने १० बजेकाे हाे । वाइककाे दायाँपट्टिकाे लेग गार्ड बांगिएकाे छ । चालक सुरक्षित छन् । वाइककाे क्षति व्यहाेर्नुपर्ने भन्दै टिपर चालकसँग माग राखिराखेका छन् । घटनास्थलमा प्रहरी र ट्राफिक आएर दुर्घटनाकाे अनुसन्धान शुरू गरिसकेकाे छ ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ