दशैं मनाउन काठमाडाैं उपत्यका छाडेर घर जानेहरूकाे लर्काे (तस्बिरमा)

दशैं मनाउन काठमाडाैं उपत्यका छाडेर घर जानेहरूकाे लर्काे (तस्बिरमा)

  • शुक्रबार, अशोज ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 684
    SHARES

असाेज, ३० काठमाडाैं । यस वर्षकाे बडा दशैं मनाउन लाखाैं मानिसले काठमाडाैं उपत्यका छाडेका छन् । शुक्रबार बिहान धेरै भन्दा धेरैले उपत्यका छाडेका उपत्यका ट्राफिक कार्यालयले जनाएकाे छ ।
मुख्य नाकाहरू नागढुंगा, फर्पिङ, चापागाउँ, साँगा, बालाजु, टाेखाबाट मानिसहरू निजी र सार्वजनिक सवारीसाधनमार्फत शहर छाडेका हुन् ।

बिहानीपख उपत्यकाबाहिर जाने भएका कारण ७ बजेसम्म ट्राफिक व्यवस्थापनमा कठिनाई आएकाे कार्यालयले जनाएकाे छ । उपत्यका छाडेर घर जानेहरू एकै समयमा सडकमा निस्किएका कारण सडक जाम भएकाे र अहिले सहज भइसकेकाे बताएकाे छ । यात्रुलाई गन्तव्य लैजाने बसहरूले पाहुना घर’स्टिकर टाँसेकाे देखिन्छ ।

हरेक वर्ष दशैंमा चाड मनाउन, आफन्त, परिवारका सदस्यसँग भेटघाट गर्न तथा ठूलाबडाबाट जमरा टीका र आशीर्वाद ग्रहण गर्न शहरबाट घर जानेहरूकाे लर्काे नै लाग्छ । जडिबुटीस्थित पूर् अरनिकाे बसपार्क यात्रुले खचाखच देखिन्थ्याे । त्यहाँ पुगेका सबै जना हतारमा तर उमंगित देखिन्थे । याे पटक १५ लाख मानिसले उपत्यकाबाट बाहिरिने अनुमान गरिएकाे छ । आज बिहान काेटेश्वर र जडिबुटी क्षेत्रमा देखिएका लर्काे र ट्राफिक जाम तस्बिरमा हेर्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ