टर्कीले कुर्द लडाकु विरुद्ध कार्बाही रोकेको अमेरीकाको दावी

टर्कीले कुर्द लडाकु विरुद्ध कार्बाही रोकेको अमेरीकाको दावी

  • शुक्रबार, कार्तिक १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

एजेन्सी कार्तिक १ । टर्कीद्धारा जारी कुर्द लडाकु विरुद्धको कार्बाही रोकिएको अमेरीकाले दावी गरेको छ ।
उत्तरी सिरीयाको भ्रमणमा रहेका अमेरीकी उपराष्ट्रपति माईक पेन्सले कार्बाही रोक्न टर्की सहमत भएको र कुर्द लडाकु पछि हट्न सकोस् भनेर यसो गरिएको बताए ।
अंकारामा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसगँको भेट पछि यो घोषणा भएको हो ।
आगामी पाच दिन सम्म कार्बाही रोकिने र यस समयमा कुर्द लडाकु व्यवस्थित तरीकाले पछि हट्न सक्ने पेन्सले बताए ।
यो सहमति पछि अमेरीकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै समकक्षी एर्डोगानलाई धन्यवाद दिएका छन् ।

टर्कीका विदेश मन्त्री मेवलुत चावशालुले यो हमला स्थायी रुपले नरोकिएको तर सिमाबाट कुर्द लडाकु हटे स्थायी रुपले रोक्न सकिने बताएका छन् ।
यस अघि ट्रम्पले लेखेको पत्रलाई एर्डोगानले रद्धीको टोकरीमा फालेको घोषणा गर्दै कार्बाही गरेका थिए ।
यस कार्बाहीका क्रममा दर्जनौ सर्वसाधारणको मृत्यु भएको थियो भने ३ लाख मानिस विस्थापित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ