कुर्द लडाकु विरुद्ध टर्कीको आक्रमण सहय्य हुदैनः ट्रम्प

कुर्द लडाकु विरुद्ध टर्कीको आक्रमण सहय्य हुदैनः ट्रम्प

  • बिहिबार, अशोज ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर पूर्वी सिरियाबाट अमेरिकी सुरक्षाबललाई फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ गरेका छन् । ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले टर्कीले आक्रमण गरेको सिरियाको भूमी आफुहरुको सीमा क्षेत्र नभएको र विद्रोही कुर्द लडाकु देवदुत पनि नभएको टिप्पणी गरे ।

अमेरिकी सेना फिर्ता बोलाएर आफ्नै समर्थक रहेका कुर्द लडाकुविरुद्ध टर्कीलाई आक्रमणका लागि हरियो झण्डा देखाएको भन्दै आलोचना भइरहेको बेला राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । सेना फिर्ता बोलाएको भन्दै राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकन सांसद र विपक्षी डेमोक्रेटिक सांसदले तल्लो सदनमा खेद प्रस्तावमा मतदान गरेका छन् ।

यता राष्ट्रपति ट्रम्पले भने कुर्द लडाकुविरुद्ध टर्कीको हमला अमेरिकाको समस्या नभएको बताएका छन् । चरमपन्थी संगठन इस्लामिक स्टेटको कारबाहीमा कुर्द सेनाले गरेको समर्थनको बदलामा अमेरिककाले थुप्रै रकम दिएको उनको भनाइ छ ।
पछिल्लो घटनालाई आफुले नजिकबाट नियालीरहेको भन्दै टर्कीलाई राम्रो गर्नका लागि प्रोत्साहन गरिरहेको उनको भनाइ थियो ।

यसअघि टर्कीले सिरियाको उत्तरी क्षेत्रमा जारी राखेको सैन्य कारवाही अन्त्य गर्न अस्विकार गरेको थियो । कुर्दिस समुदायलाई लक्षित गरी अघिल्लो हप्तादेखि जारी सैन्य कारवाही रोक्न अमेरिका लगायत विभिन्न राष्ट्रले गरेको आग्रहलाई टर्कीले अस्विकार गरेको हो ।

टर्कीले आफुसँग जोडिएको सिरियाको सीमा क्षेत्रबाट कुर्द लडाकुलाई हटाएर त्यहाँ ३२ किलोमिटरको एक सुरक्षित स्थल बनाउन चाहेको छ । जहाँ बीस लाख सिरियाई शरणार्थीलाई फेरि बसाउन सकियोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ