एनआरएनए सम्मेलनमा हुलदंगाले स्थगित निर्वाचन आज हुदै

एनआरएनए सम्मेलनमा हुलदंगाले स्थगित निर्वाचन आज हुदै

  • बिहिबार, अशोज ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

असोज ३० काठमाण्डौं । बुधबार राजधानीको हायात होटलमा जारी एनआरएनए सम्मेलनमा हुलदंगा हुँदा निर्वाचन स्थगित गरियो । एनआरएनएको नवौँ अधिवेशन चलिरहेको पाँचतारे होटेल हायातमा बुधबार निर्वाचनको तालिका थियो । साँझ ५ बजेदेखि मतदान हुने भनिए पनि ८ बजेसम्म सुरु नभएपछि सहभागीहरू हुलदंगामा उत्रिए ।
प्रहरीले हस्तक्षेप गरेर हुलदंगा नियन्त्रण गर्न बाध्य भयो । त्यसको केही समयपछि मतदान सुरु भयो । तर, विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै फेरि रोकियो । आज बिहान १० बजेबाट मतपत्रमै मतदान गर्ने गरी प्रक्रिया स्थगित भएको एनआएनएका अध्यक्षका उम्मेदवार कुमार पन्तले बताए ।
आज हुने निर्वाचनमा अध्यक्ष पदका लागि उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुदै छ । एनआरएनएमा पहिलो पटक अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । गोरखा फुजेलका पन्त जर्मनीमा र पर्वतका आचार्य बेलायतमा रहेर व्यवसाय गर्छन्।
पन्त र आचार्यले बेग्लाबेग्लै समूह नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
उम्मेदवारहरू राजनीतिक कित्ताकाटअनुसार प्यानल घोषणा भएका छन् । पन्तले प्रगतिशील र आचार्यले प्रजातान्त्रिक समूह बनाएर प्यानल बनाएका छन् ।
यसरी एनआरएनए भित्र राजनीति घुसेको भन्दै पूर्व अध्यक्ष उपेन्द्र महतो सहित केही प्रतिनिधिले सम्मेलन नै बहिष्कार गरेका छन् ।
सम्मेलनमा भाग लिन ८१ देशबाट करिब दुई हजार पाँच सय प्रतिनिधि काठमाडौं आएका छन्। अध्यक्षसहित १२ पदमा ४२ जना सम्मेलनबाट चुनिनेछन्।
एनआरएनएमा एक महिलासहित पाँच जना उपाध्यक्ष रहन्छन्। उपाध्यक्षका लागि पनि दुवै प्यानलबाट उम्मेदवारहरूले उम्मेदवारी दिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी