एजेन्सी असोज २७ । कुर्द लडाकु र सिरीया सरकारबीच टर्कीको आक्रमणको प्रतिरोध गर्ने सहमति भएको छ ।
अमेरीकाले उत्तरी सिरीयाबाट आफ्ना एक हजार सेना फिर्ता गर्ने घोषणा गरे पछि कुर्द लडाकु समुहले यस्तो घोषणा गरेको छ ।
सिरीयाको सरकारी टिभिले पनि उत्तरी सिरीयाको सिमानामा सेना तैनाथ गरेको र थप फौज पठाउने बताएको छ ।
गत बुधबारबाट टर्कीले शुरु गरेको आक्रमणमा दर्जनौ सिरीयाली नागरिकको मृत्यु भएको छ भने एक लाख बढी विस्थापित भएका छन् ।
उत्तरी सिरीयाबाट कुर्द लडाकुलाई हटाएर ३० लाख बढी सिरीयाली शरणार्थीलाई पुनस्थापित गर्ने भन्दै टर्कीले आक्रमण गरे पछि युरोपेली देशहरुले त्यसको विरोध गरेका छन् ।
त्यसका बाबजुद टर्कीले आक्रमण जारी राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline