एजेन्सी असोज २५ । सन् १९६५ मा अन्तरीक्षमा पहिलो पटक यानबाट उत्रिएर डोरीको मद्धतले १२ मिनट सम्म हिडेका रुसी यात्री
एलेक्सी लियोनोवको निधन भएको छ ।
मस्कोको एक अस्पतालमां शुक्रवार उनले अन्तिम सास लिएका थिए । रूसी अंतरिक्ष यात्री ओलेग कोनोनेंकोले लियोनोवको निधन ’ पुरा े ग्रहको लागि क्षति’ भनेका छन् । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले लियोनोवको शाहसले प्रेरणा दिने बताएका छन् ।
अंतरिक्ष यानबाट बाहिर निस्कने क्रममा लियोनोवको स्पेससूट क्षतिग्रस्त भए पछि निकै कसरत गरेर यानमा फर्किएका थिए । रुस र अमेरीकाबीच स्पेसमा प्रतिस्पर्धा चलिरहेका बेला उनको यो कदम थियो । सन् १९७५ मा रुस र अमेरीकाले सयुक्त रुपमा पठाएको मिसनमा उनी कमाण्डर भएका थिए । उनी साईबेरीयामा जन्मिएका थिए ।
मिडियामा उनले अन्तरीक्षमा बाहिर निस्कदाको अनुभव सुनाउने क्रममा भनेका थिए , बाहिर यति शान्ति कि मैले आफ्नो धड्कन पनि सुन्न सक्थे । चारै तिर ताराहरु थिए । जब म तैरिए आफैमाथिे नियन्त्रण थिएन । मलाई थाहा थिएन कि म आफ्नो जीवनको सबै भन्दा कठिन क्षणको अनुभव गर्नेवाला थिए त्यो थियो म यानमा फिर्ता आउनु ।
जब उनको हात बाहिर निस्कियो , जुत्ता पनि खुस्कियो । त्यस पछि उनले महसुस गरे कि अब म हमेसाको लागि अन्तरीक्षको अन्धकारमा बिलाउने छु ।
तर अन्तत स्पेस सुटबाट थोरै ेअक्सिजन मुस्किलले मिलाएर उनी मुस्किलले यानमा फिर्ता हुन सफल भएका थिए । यो कठिन कार्य गर्दा उनको तौल ६ किलोग्राम कम भएको थियो ।
धर्तामा फर्कने क्रममा उनको यान युराल पर्वतको जंगलमा क्रेस ल्याण्डीगं गरिएको थियो । जहाँ उनले मद्धत पाउन तीन दिन कुर्नु परेको थियो ।