इथियोपियाली प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

इथियोपियाली प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

  • शुक्रबार, अशोज २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

ओस्लो, असोज २४ । इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।

नोबेल कमिटीकाअनुसार प्रधानमन्त्री अहमदले इथियोपियाको छिमेकी मुलुक इरिट्रियासँग वर्षौंदेखि जारी द्वन्द्व समाधान गर्न महत्वपूर्ण योगदान गरेवापत् उक्त पुरस्कार दिइएको हो ।

कमिटीले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री अहमदले इथियोपिया र इरिट्रियाबीच शान्ति स्थापना गर्न तथा अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ ।

नर्वेजियाली नोबेल इन्स्टिच्यूटले पनि सन् २०१८ देखि सत्तामा रहेका इथियोपियाली नेता अहमदले मुलुकमा महत्वपूर्ण सुधारात्मक कदम चालेको भन्दै प्रशंसा गरेको छ ।

इथियोपियाका प्रधानमन्त्री हाल ४३ वर्षकामात्र छन् ।

गरिबी र द्वन्द्वको चपेटाबाट गुज्रिरहेको इथियोपियामा शान्ति र विकासको मूल योजनाका साथ अघि बढेका प्रधानमन्त्री अहमदले आर्थिक सुधारका धेरै महत्वाकांक्षी योजना अघि सारेका छन् । र, त्यसले प्रतिफल दिन थालेको इन्स्टिच्यूटकी अध्यक्ष बेरिट रेइस–एन्डरसनले बताइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ