आफूले हानेको मिसाइल आफ्नै हेलिकोप्टरलाई लाग्दा ६ जनाकाे मृत्यु भएकाे भारतद्वारा स्वीकार 

आफूले हानेको मिसाइल आफ्नै हेलिकोप्टरलाई लाग्दा ६ जनाकाे मृत्यु भएकाे भारतद्वारा स्वीकार 

  • शुक्रबार, अशोज १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी, असोज १७ ।  पाकिस्तानसँग कश्मिरकाे विषयमा गत फेब्रुअरीमा भएको द्वन्द्वकाक्रममा भारतीय वायुसेनाले हानेको मिसाइल लागि आफ्नै हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ ।

‘गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलबस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका चालकदलका सदस्यसहित ६ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ’–वायुसेना प्रमुख राकेस कुमार भदौरियाले बताएका छन् ।

‘हामी विश्वस्त पार्न चाहन्छौं कि यस्तो गल्ती भविष्यमा दोहोरिने छैन’–उनले सन्चारकर्मीहरूलाई बताए ।कश्मिर क्षेत्रमा फेब्रुअरी २७ मा भारतीय हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।

पाकिस्तानी क्षेत्रमा रहेको पाकिस्तानी लडाकू समूह जैस–ए–मोहमदको बालाकोटस्थित ‘शिविर’माथि हमला गरेको एक दिनपछि भारतीय हेलिकोप्टर पाकिस्तानी क्षेत्रमा खसेको थियो । उक्त घटना पाकिस्तानी भूमिमा संगठित जैस–ए–मोहमदले कश्मिरको पुलवामा आक्रमण गरी ४० भारतीय स्थलसेनाको हत्या गरेपछि भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ