अमेरिकी राष्ट्रपतिद्वारा संयुक्त पत्रकार सम्मेलनमा अश्लील भाषा प्रयोग, विपक्षी सांसदप्रति आपत्तिजनक टिप्पणी

अमेरिकी राष्ट्रपतिद्वारा संयुक्त पत्रकार सम्मेलनमा अश्लील भाषा प्रयोग, विपक्षी सांसदप्रति आपत्तिजनक टिप्पणी

  • बिहिबार, अशोज १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

एजेन्सी, असोज १६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाअभियोगको प्रस्तावलाई लिएर विपक्षी डेमोक्रेटिक सांसदहरुप्रति अश्लील र आपत्तिजनक भाषा प्रयोग गर्दै निन्दा गरेका छन् ।
फिनल्यान्डका राष्ट्रपति साउली निइनिस्टियोसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले अश्लील भाषाको प्रयोग गरे ।
उनले डेमोक्रेटिक नेताहरुप्रति आक्रोश पोख्दै डेमोक्रेटिक नेताहरुलाई बेइमान र देशद्रोहीको संज्ञा दिएका छन् ।
युक्रेनका राष्ट्रपतिलाई ट्रम्पले आफ्ना राजनीतिक प्रतिस्पर्धी जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा कारबाही गर्न टेलिफोन गरि आग्रह गरेको विषयमा उनीमाथि महाअभियोगको प्रस्ताव अघि बढेको छ । महाअभियोगका सम्बन्धमा गठित समितिले ह्वाइट हाउससँग टेलिफोन कुराकानीको पूर्ण विवरण मागेपछि राष्ट्रपति ट्रम्प आक्रोशित हुँदै आएका छन् ।
पत्रकार सम्मेलनका क्रममा उनको धेरै आक्रोश हाउस इन्टिलिजेन्सका अध्यक्ष एडम सिफतिर थियो । राष्ट्रपति ट्रम्पले अध्यक्ष सिफलाई अपराधी र इज्जत नभएको मान्छे भन्दै राजीनामा माग गरे । उनले यस्ता व्यक्तिलाई देशद्रोहीका रुपमा हेरिनुपर्ने पनि जिकिर गरे ।
राष्ट्रपति ट्रम्पले सम्पूर्ण अनुसन्धानलाई छल र अमेरिकी जनतामा कपटपूर्ण अपराधको संज्ञा दिँदै छानविनलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
यता डेमोक्रेटिकहरुले भने छानविन र महाअभियोग प्रक्रियालाई निष्पक्ष बनाउने बताउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ