गैरकानुनी रुपमा अमेरीकामा आउन खोज्नेलाई रोक्न गोही,सर्प छाड्न र खुट्टामा गोली हान्न राष्ट्रपति ट्रम्पको सुझाव

गैरकानुनी रुपमा अमेरीकामा आउन खोज्नेलाई रोक्न गोही,सर्प छाड्न र खुट्टामा गोली हान्न राष्ट्रपति ट्रम्पको सुझाव

  • बुधबार, अशोज १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

असोज १५ एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको आगमनलाई सुस्त बनाउन खुट्टामा गोली हान्न सुझाव दिएका छन्।
आप्रवासीहरुलाई दक्षिण बोर्डरबाट अमेरिका भित्रिन नदिनका लागि अपनाउनुपर्ने विधिमध्ये उनले एउटा यो सुझाव दिएको द न्युयोर्क टाइम्सका दुई पत्रकारले निकालेको किताबमा उल्लेख छ । उनले एक गोप्य बैठकमा त्यस बोर्डरमा गोही, सर्प, तार तथा बिजुली लगाइदिन समेत आग्रह गरेको द न्यु योर्क टाइम्सले जनाएको छ ।

दक्षिण बोर्डरमा पर्खाल बनाउन राष्ट्रपति ट्रम्पको मुख्य उद्देश्य रहेको छ। त्यस क्षेत्रमा कम्तीमा पनि ३२१८ किलोमिटर लामो पर्खाल बन्दैछ ।
उनले गोप्य रुपमा सेनालाई आप्रवासीको खुट्टामा गोली हान्न आग्रह गरेका हुन् तर उनलाई त्यसो गर्नु अवैध हुने समेत बताइएको थियो ।
ट्रम्प एशिया तथा अफ्रीकाबाट अमेरीका जाने नागरिकलाई रोक्ने अभियानमा निरन्तर लाग्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी