असोज १४ एजेन्सी । विश्वका आर्थिक विकास र सामाजिक समृद्धिमा तीव्र विकास गरीरहेको नयाँ चीन स्थापना भएको आज ७० वर्ष पुरा भएको छ ।
सन् १९४९ अक्टोबर १ मा माओत्सेतुगंको नेतृत्वमा आजकै दिन जनमुक्ति सेनाले तात्कालीन कोमिन्तागं सत्तालाई पाखा लगाएर सत्ता कब्जा गरेको दिनलाई नयाँ चीन स्थापना दिवसको रुपमा मनाईदै आएको छ ।
विश्व चकित पार्ने विकास गरेको चीनको एैतिहासिक आर्थिक र सामारिक तथा सैन्य शक्तिको विकासलाई सांकेतिक रुपमा प्रदर्शन गरेको छ ।
आज भएको बिशेष समारोहमा कला, युद्धकला, सैन्य परेड, मार्च पास, हतियार तथा प्रविधिको प्रदर्शन एवं कौशल प्रदर्शन गरेको छ ।
चीनले आफ्नो २३ लाख सैन्य जनशक्तिले मात्रै विश्वलाई उछिनेको छैन उसले आज सार्वजनिक गरेको देगं फेगं १७ नामक क्षेप्यास्त्र विश्वकै सबै भन्दा लामो दुरीको मारक क्षमताको रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यो क्षेप्यास् त्रले १५ हजार किलो मिटरको दुरी सम्म मार हान्ने क्षेमता राख्ने छ ।
त्यस्तै डिएफ ४१ नामक हाईपरसोनिक क्षेप्यास्त्र पनि आज सामेल गरिएको छ । जुन क्षेप्यास्त्र केही मिनेटमै अमेरीकासम्म पुग्न सक्ने छ ।
सयौं हेलिकोप्टर र सैनिक विमानहरुले ७० अंक बनाएर बेईजिगंको आकाशमा उडान भरेका थिए ।
चीनका राष्ट्रपति सि जिन पिगंले सवोधन गरेका थिए । परेडमा सेनाका अलावा नागरिकहरु पनि सहभागी थिए ।
समाराेहमा १५ हजार सेना सहभागी रहेकाे बताइएकाे छ ।




