ट्रम्पविरुद्ध महाअभियोगको तयारी

ट्रम्पविरुद्ध महाअभियोगको तयारी

  • मङ्लबार, अशोज १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

असाेज १४। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको तयारी थालेका विपक्षी सांसदहरुले ट्रम्पले युक्रेनका अधिकारीहरुसँग गरेको कुराकानीको कागजपत्र माग गरेका छन् ।

उनीहरुले युक्रेनका अधिकारीहरुसँग भएका कुराकानीको छानविन गर्न ट्रम्पका निजी वकिल रुडी जियुलियाससँग उक्त कागजपत्र उपलब्ध गराउन माग गरेका हुन् ।

राष्ट्रपतिका निजी वकिल जियुलियाले सांसदहरुले विडेन विरुद्धको भ्रष्टाचारको अभियोगको छानविनका लागि आग्रह गरेको स्वीकार गरेका छन् ।

अधिकारीहरुले उक्त विषयको छानविन भएर चाँडै नै महाअभियोगको प्रस्ताव टुंगो लाग्ने विस्वास लिएको बिबिसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्प र जियुलियानी दुवैले युक्रेनी राष्ट्रपति वोल्डेमाइर जेलेन्स्कीलाई प्रभावित पार्न खोजेको कुरालाई यसअघि नै स्वीकार गरिसकेका छन् ।

ट्रम्प र राष्ट्रपति जेलेन्स्कीबीचको टेलिफोन संवाद बाहिरीएसँगै राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रक्रिया सुरु भएको हो ।

यसैबीच राष्ट्रपति ट्रम्पले आफूविरुद्ध महाअभियोगबारे छानविन गरिरहेका कँग्रेसका सांसदहरुलाई देशद्रोहको आरोपमा गिरफ्तार गर्नुपर्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ