क्रिस्चियन समुदायबीच विवादः दुई समूहमा विभाजित भएपछि प्रहरीकाे हस्तक्षेप

क्रिस्चियन समुदायबीच विवादः दुई समूहमा विभाजित भएपछि प्रहरीकाे हस्तक्षेप

  • बिहिबार, अशोज ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी, ९ असाेज । भारतको केरलास्थित एक चर्चमा दुई क्रिस्चियन समुदायबीचको विवाद बढेपछि स्थितिलाइ नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेकेा छ । मतभेद बढ्दै जाँदा उनीहरु प्रदर्शनमै उत्रिएपछि बिहीबार चर्चमै प्रहरी पुगेर घटनास्थललाई नियन्त्रणमा लिएको हाे ।

पादरीसहित चर्चका विश्वासीहरु समेत दुई खेमामा विभक्त छन् । अर्थोडक्स र ज्याकोबिट समूह मतभेद भएपछि दुई खेमामा बाँडिएका हुन् । केरलाको एर्नाकुलम गाउँमा रहेको पिराबोम बालियापल्ली चर्चमा यस्तो घटना भएको हो । बिहीबार दिनभर सयौंको संख्यामा क्रिश्चियन धर्मावलम्बीहरु प्रदर्शनमा उत्रिएका थिए ।

बिहीबार प्रहरीले घटनास्थलमा पुगेर चर्चको गेट नै तोडेर ज्याकोबिट समूहका प्रदर्शनकारीहरुलाई बाहिर लगेको थियो । तर यदी प्रहरीले आफूहरुलाई दबाव दिएको खण्डमा चर्च अगाडिकै नदीमा हामफाल्ने भन्दै ज्याकोबिट विश्वासीहरुले चेतावनी दिएका छन् ।

घटना चर्किँदै जाँदा पादरी र अन्य विश्वासीहरु चर्च अगाडि प्रदर्शनमै उत्रिएका थिए । यो विवाद चर्किँदै जाँदा अदालतमा समेत पुगेको थियो । अदालतले ज्याकोबिट विश्वासीहरुलाई नियन्त्रणमा लिएर अन्य विश्वासीलाई छिर्न दिनुपर्ने फैसला गरेपछि विवाद चर्किएको हो ।

ज्याकोबिटहरुले अदालतको फैसला विपरीत अन्य विश्वासीलाई चर्चमा छिर्न नदिएर गेटमै ताला लगाइदिएका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर घटना नियन्त्रणमा लिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ