विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिने घोषणा

विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिने घोषणा

  • मङ्लबार, अशोज ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी, असोज ७ । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना दुई वटा शंकास्पद दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

कम्पनीले हरेक परिवारलाई १ लाख ४४ हजार ५ सय डलर क्षतिपूर्ति दिने बताएको छ । गत जुलाई महिनामा बोइङले घोषणा गरेको ५ करोड अमेरिकी डलर बराबरको सहायता कोषबाट यो रकम प्रदान गरिनेछ ।

बोइङको ७३७ ‘म्याक्स’ सिरिजको दुईवटा विमान इथियोपिया र इन्डोनेसियामा दुर्घटना हुँदा ३४० भन्दा बढी यात्रु मारिएका थिए । दुर्घटनामा विमानकै खराबी दावी गर्दै मृतकका परिवार बोईङविरुद्ध अदालत पुगेपछि कम्पनी क्षतिपूर्ति दिन तयार भएको हो । तर कम्पनीले घोषणा गरेको क्षतिपूर्ति रकम असाध्यै कम भएको भन्दै मृतकका परिवारका तर्फबाट वकालत गरिरहेका एक जना अधिवक्ताले यो स्वीकार्न नसकिने जनाएका छन् ।

दुर्घटनाको कारण पत्ता नलागेसम्म आफुहरुले न्याय नपाउने पीडित परिवारको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ