एयर इन्डियाको विमान हुरीमा फस्याे, विमानभित्र खैलाबैला

एयर इन्डियाको विमान हुरीमा फस्याे, विमानभित्र खैलाबैला

  • आइतवार, अशोज ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी, असोज ५ । भारतमा एयर इन्डियाको एउटा विमान भित्रै हुरी पसेकाे छ । हुरीका कारण विमानले सन्तुलन गुमाउँदा विमानमा सामान्य क्षति भएको बताइएको छ ।

समाचार एजेन्सीहरुका अनुसार शुक्रबार नयाँ दिल्लीबाट कोच्चितर्फ गइरहेको ‘एआइ–४६७’ विमान हुरीमा फसेको थियो । केही यात्रुलाई सामान्य चोट लागेको विमान कर्मचारीले जनाएका छन् । एयर इन्डियाले उक्त घटनाको छानविन गरिरहेको छ ।

अधिकारीहरुका अनुसार उक्त विमान दिल्लीबाट तिरुवन्तपुरम हुँदै कोच्चिका लागि जाँदै थियो । तिरुवन्तपुरमबाट कोच्चि जाँदै गर्दा विमान हुरीको चपेटामा परेको थियो । विमानले सन्तुलन गुमाएपछि यात्रुबीच केहीबेर खैलाबैला मच्चिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ