इरानमाथि जवाफी कारबाही गर्ने साउदी अरबकाे चेतावनी

इरानमाथि जवाफी कारबाही गर्ने साउदी अरबकाे चेतावनी

  • आइतवार, अशोज ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

एजेन्सी, असोज ५ । साउदी अरबले इरानमाथि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।हालै तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको हात रहेको भन्दै जवाफि कार्वाहि गर्न चेतावनी दिएकाे हाे ।

साउदी अरबका पराराष्ट्र राज्यमन्त्री आदेल अल जुबेरले इरानको हतियारहरु भेटिएको प्रष्ट पार्दै यसको छानबिन गर्ने बताएका छन् । अमेरिकाले साउदी अरबमा अमेरिकी सेना पठाएपछि रुष्ट बनेको इरानले बदलास्वरुप आक्रमण गरेको उनको भनाइ छ ।

साउदी अरबको अब्काइक तेल प्रशोधन केन्द्रमा दुई साता अघि आक्रमण हुँदा त्यसको असर विश्वभर परेको छ ।

यता, इरानले भने आक्रमणमा आफूहरुको संलग्नता नभएको बारम्बार दोहो¥याउँदै आएको छ । इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले साउदी अरबले अनाहकमा आफूहरुलाई कारबाही गर्ने धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।

यसअघि साउदी अरबका राजकुमार मोहमद बिन सलमानले इरानमाथि कारबाही गर्नुपर्ने धारणा राख्दै इरानको रवैयाका कारण युद्ध निम्तन सक्ने चेतावनीसमेत दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ