कतारमा आप्रवासी कामदारमाथि गलत व्यवहार, शोषण रोक्न एमनेष्टी इन्टरनेशनलको आग्रह

कतारमा आप्रवासी कामदारमाथि गलत व्यवहार, शोषण रोक्न एमनेष्टी इन्टरनेशनलको आग्रह

  • शुक्रबार, अशोज ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं, असोज ३ । कतारमा आप्रवासी कामदारमाथि गलत व्यवहार निरन्तर जारी रहेको एमनेष्टी इन्टरनेशनलले जनाएकाे छ ।

सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्ने तयारीमा रहेको कतारले भौतिक पूर्वाधार निर्माणमा खटिएका आप्रवासी कामदारहरुसँग निरन्तर रुपमा गलत व्यवहार जारी राखेको एमनेष्टीको ठहर छ ।

एमनेष्टीको प्रतिवेदन अनुसार कतारमा सयौं कामदारले बिना तलब काम गरिरहेका छन् । कामदारहरुको हितका लागि सघाउन भनेर स्थापना गरिएका नयाँ संयन्त्रले समेत उनीहरुको अधिकार सुनिश्चित गर्न नसकेको उक्त संस्थाको भनाइ छ ।

गत वर्ष ६ हजार भन्दा बढी उजुरी परे पनि अधिकांशको समस्या समाधानमा चासो नेदेखाइएको एमनेष्टीको प्रतिवेदनमा उल्लेख छ । कतार प्रशासनलाई एमनेष्टीले श्रम शोषणको लाजमर्दो वास्तविकता अन्त्य गर्न आग्रहसमेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ