शान्ति वार्ताका लागि चालेको कदम अन्त्यः ट्रप

शान्ति वार्ताका लागि चालेको कदम अन्त्यः ट्रप

  • मङ्लबार, भदौ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, २४ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध अन्त्यका लागि आफूले शान्ति वार्ताका लागि चालेको कदम अन्त्य भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले जारी गृहयुद्ध अन्त्यका लागि तालिवानी लडाकूहरुसँग वार्ताको प्रयास थालेपनि अफगानिस्तान सरकारकै कारण अघि बढ्न नसकेको आरोप लगाएका हुन् ।

वार्ताको मिति तय भएलगत्तै राष्ट्रपति ट्रम्पले तालिवानीहरुसँगको वार्ता भंग भएको घोषणा गरेका थिए । दुवै पक्ष सहमति नजिकै पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका थिए । वार्ता भंग भएलगत्तै तालिवानी लडाकूहरुले निर्णय अपरिपक्व भएको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका थिए ।

अमेरिकी सैनिक अफगाानिस्तानबाट फिर्ता नलगे उसले नोक्सानी व्यहोर्नुपर्ने चेतावनीसमेत दिएका छन् । अफगानिस्तानमा सन् २००१ देखि अमेरिकाको अगुवाइमा शुरु भएको सैन्य कारवाहीमा तीन हजार पाँच सय भन्दा बढी विदेशी सैनिकको मृत्यु भइसकेको छ । जसमध्ये दुई हजार तीन सय अमेरिकी सैनिक मारिएको बिबिसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ