टोकियो,१६ भदाै । चीनसँगको विवादित टापुहरुमा जापानले आफ्ना प्रहरी तैनाथ गर्ने भएको छ ।
अत्याधुनिक हतियारसहित जापानले सुरक्षाफौज र हेलिकप्टर गस्ती गर्ने भएको हो । चीनसँग समुद्री सीमाक्षेत्रका कारण तनाब बढिरहँदा जापानले यस्तो तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
जापानले ‘सेन्काकुस’ र ‘दियोयु’ आइल्याण्डमा सुरक्षा फौज तैनाथ गर्ने तयारी गरेको छ । लामो समयदेखि चीनले टापुहरुमा आफ्ना डुंगा पठाउँदै गरेकोमा रुष्ट भएको जापानले अचानक आफ्ना सुरक्षाफौज तैनाथ गर्ने निर्णय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline