ट्वीटरका प्रमुख कार्यकारीकै ट्वीटर एकाउन्ट ह्याक

ट्वीटरका प्रमुख कार्यकारीकै ट्वीटर एकाउन्ट ह्याक

  • शनिबार, भदौ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, १४ भदाै । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारीकै ट्वीटर एकाउन्ट ह्याक भएको खुलेको छ । ह्याकरले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सीकै एकाउन्ट ह्याक गरेको हो ।

चक्लिङ्ग स्क्वाडका रुपमा आफूलाई परिचित गराएको ह्याकरको समूहले डोर्सीको एकाउन्ट ह्याक गरेको बिबिसीले जनाएको छ । ४० लाख भन्दा बढी फलोअर्स रहेको डोर्सीको एकाउन्टबाट ह्याकरले निकै आपत्तिजनक तथा रंगभेदी ट्वीट गरेका थिए ।

ती ट्वीट १५ मिनेटसम्म रहेका थिए । ट्वीटरले पछि उक्त एकाउन्टमा आफ्नो नियन्त्रण कायम भएको र ह्याकरबाट छुटाउन सफल भएको जनाएको छ । ह्याकरले कसरी डोर्सीको एकाउन्टसम्म पहुँच बनाए भन्ने अहिलेसम्म खुलेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी