प्रजनन् दर न्यून

प्रजनन् दर न्यून

  • शुक्रबार, भदौ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी, भदौ १३ । दक्षिण कोरियाका नागरिकमा प्रजनन् दर न्यून रहेकेा तथ्यांकले देखाएकाे छ  । दक्षिण कोरिया सरकारले केही दिनअघि सार्वजनिक गरेको एक तथ्यांकले उनीहरुको प्रजनन् दर यस वर्ष अझ कम हुँदै गएको देखाएको हो । सन् २०१८ मा दक्षिण कोरियालीको प्रजनन् दर ०.९८ रहेको छ । गत वर्ष दक्षिण कोरियाको प्रजनन दर १.०५ थियो । सन् २०१७ को तुलनामा सन् २०१८ मा ८.७ प्रतिशत बालबालिका कम जन्मिएको पाइएको हो ।

सन् १९७० यता सरकारले वार्षिक रुपमा प्रजनन् दरको तथ्यांक संकलन गर्न लागेको हो । दक्षिण कोरियाको यो तथ्यांकलाई तुलना गर्दा विश्वमै सबभन्दा कम प्रजनन् दर भएको मुलुक बन्ने देखिएको बताइएको छ ।

सन् २०१८ मा जापानको प्रजनन् दर १.४२ छ । सन् २०१८ मा अमेरिकाको प्रजनन् दर १.७२ छ । एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको औसत संख्याका आधारमा प्रजनन् दर मापन गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ