ब्रिटेनको संसद् ब्रेक्जिट प्रक्रियाको महत्वपूर्ण पाँच हप्ता निलम्बित

ब्रिटेनको संसद् ब्रेक्जिट प्रक्रियाको महत्वपूर्ण पाँच हप्ता निलम्बित

  • बिहिबार, भदौ १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, १२ भदाै । ब्रिटेनको संसद्लाई ब्रेक्जिट प्रक्रियाको महत्वपूर्ण पाँच हप्ताजति निलम्बित गरिएको छ । यसको अर्थ सेप्टेम्बरको सुरुमा संसद् जाने सांसदहरू अक्टोबर १४ तारिखभन्दा पहिले संसद् फर्किने छैनन् । त्यो भनेको ब्रिटेनले युरोपेली संघ इयु छाड्ने समयसीमाभन्दा दुई हप्तामात्र अगाडि हो ।

प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट प्रक्रियालाई प्रभावित पार्ने संसद्को अधिकारलाई आफूले अवरुद्ध पार्न नचाहेको बताएका छन् ।उनका अनुसार अक्टोबर १४ तारिखमा महारानी एलिजाबेथले संसद्मा सम्बोधनमार्फत् सरकारका नीतिहरू सार्वजनिक गर्नेछन् । त्यसअघि संसद् निलम्बन गर्न सरकारले महारानी एलिजाबेथलाई आग्रह गरेको थियो । सत्ताधारी टोरी पार्टीका ब्याकबेञ्च सांसद तथा ब्रिटेन इयुमा नै रहनुपर्छ भन्ने एकजना अभियानकर्मी डोमिनिक ग्रीइभले सरकारको योजनालाई अस्वीकार्य कदम भनेका छन् ।

उनले प्रधानमन्त्री जोनसनविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन सकिने चेतावनी दिए । तर प्रधानमन्त्री कार्यालयको एक समाचार स्रोतले सरकारको कदमको बचाउ गर्दै अब नयाँ सरकार र नयाँ प्रधानमन्त्रीले ब्रिटेन इयुबाट बाहिरिएपछिको अवस्थाका लागि योजना प्रस्तुत गर्ने बेला भएको बताएको बीबीसीले जनाएको छ ।

आलोचकहरूले यसबाट ब्रिटेन इयुबाट बाहिरिने प्रस्ताव, ब्रेक्जिट, सम्बद्ध प्रक्रियामा आफ्नो प्रजातान्त्रिक भूमिका निर्वाह गर्न सांसदहरूले नपाउने बताएका छन् । संसद् स्थगन भएको बेलामा त्यहाँ कुनै बहस र मतदानहरू हुँदैनन् र संसद्बाट पारित हुन नसकेका धेरैजसो विधेयकहरू यो बेला निष्क्रिय बन्छन् । संसद् भङ्ग र निलम्बन गर्ने अवस्थाबीच केही भिन्नता छन् । संसद् भङ्ग हुँदा सांसदहरूको पद रहँदैन र आमनिर्वाचानको प्रचार– प्रसारमा संलग्न हुन्छन् । यता संसद् निलम्बन गरेको असन्तुष्टि जनाउँदै लन्डनमा विरोध प्रदर्शनहरु भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ