बेइजिङले हङकङमा उतार्याे चिनियाँ जनमुक्ति सेना(भिडियाेसहित)

बेइजिङले हङकङमा उतार्याे चिनियाँ जनमुक्ति सेना(भिडियाेसहित)

  • बुधबार, साउन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 26K
    SHARES

एजेन्सी,२९ साउन । हङकङमा १० हप्तादेखि जारी आन्दोलन दबाउन चिनियाँ सरकारले सेना परिचालन गरेकाे छ । लगत्तै चिनियाँ जनमुक्ति सेना दलबलसहित हङकङ झरेको छ।

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको पछिल्लो आन्दोलनलाई चीनले ‘आतंकवाद’को संज्ञा समेत दिएको छ। पटक–पटक चिनियाँ सेनाले प्रदर्शन दबाउने चेतावनी दिँदै आएकाे थियाे। पछिल्लो पटक प्रदर्शन उत्कर्षमा पुगेपछि बेइजिङले आन्दाेलनलाई ‘आतंकवाद’को संज्ञा दिएको हो।

चिनियाँ सेनाको दलबलसहित सीमामा तैनाथ रहेको गार्जियनको रिपोर्ट ले   जनाएकाे छ । ‘चिनियाँ अधिकारीहरूले विरोध प्रदर्शनलाई आतंकवादी गतिविधिको रूपमा भर्सना गरेका छन्’, समाचारमा भनिएको छ,‘चिनियाँ अधिकारीले आन्दोलनकारीलाई ‘फलामको मुङ्ग्रो’ले जवाफ दिने समेत चेतावनी दिएका छन्।’

हङकङमा प्रस्ताव गरिएकाे सुपुर्दगी विधेयकबाट सुरु भएकाे याे आन्दाेलन अहिले चीनकाे केन्द्रीय सत्तालाई पनि भारी परेकाे छ। ‘प्रो डेमोक्रेटिक’ नाम दिइएको यस आन्दोलनबारे अनेक टिप्पणी हुने गरेका छन्। प्रदर्शनकारीका माग प्रष्ट हुन नसक्दा र भिडन्त चर्किँदै जाँदा उनीहरुबारे फरकफरक टिप्पणी हुन थालेका हुन्।

सोमबार आन्दोलनकारीले नियमित उडान नै ठप्प पार्ने गरी एयरपोर्ट मै प्रदर्शन गरेका थिए। अन्तराष्ट्रिय मिडियाका अनुसार एयरपोर्टमा अहिले हजारौंको संख्यामा प्रदर्शनकारी छन्। जसका कारण सडक र एयरपोर्ट पूरै ठप्प छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ