विस्फोटमा परी पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु

विस्फोटमा परी पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु

  • बुधबार, साउन २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

एजेन्सी, २९ साउन । रकेट इन्जिन विस्फोट हुँदा पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ । अन्य तीनजना इन्जिनियर घाइते भएका छन् । रुसको न्युक्लियर मिसाइलहरु बनाउने स्थानमा विस्फोट भएको हो ।

राजधानी मस्कोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको सारोभ शहरमा भएको विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले इन्जिनियरहरुले ‘न्युक्लियर पावर इन्जिन’ परीक्षणका क्रममा विस्फोट भएको बताएका छन् ।

आर्कटिक समुद्री किनारमा न्युक्लियर पावर इन्जिन परीक्षण भइरहेको थियो । यसअघि उक्त स्थानमा रुसले शक्तिशाली न्युक्लियर क्रुज मिसाइल परीक्षण गरेको थियो । तर, अधिकारीहरुले विस्फोटमा भने कुन किसिमको प्रणाली राखिएको थियो भन्ने नखुलेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

रुस र पश्चिमी क्षेत्रका मिसाइल विज्ञहरुले भने उक्त परीक्षण जमिनबाट धेरै लामो दूरीमा मार हान्न सक्न मिसाइल भएको बताएका छन् । रुसी राष्ट्रपति भलाद्मीर पुटिनले सन् २०१८ मा यस मिसाइलका बारेमा रुसको संसदमा जानकारी गराएका थिए ।नाटोले भने उक्त मिसाइल एसएससी(एक्स–९ स्काईफल भएको दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ